"डिमेन्सिया रोकथाम मूक" एक विशाल खुला अनलाइन कोर्स हो, जसले डिमेन्सियाका जोखिम र सुरक्षात्मक कारकहरूका बारेमा भएका नवीनतम अनुसन्धानहरुको बारेमा विश्वविद्यालय- गुणस्तरको शिक्षा प्रदान गर्दछ। एस नि:शुल्क पाठ्यक्रमले परीक्षा वा असाइनमेन्ट बिनानै विश्वव्यापी समुदायसँग संलग्न हुने अवसर प्रदान गर्दछ।
विश्वको बढ्दो बुढ्यौली जनसंख्यका कारण डिमेन्सिया एक प्रमुख सार्वजनिक स्वास्थ्य समस्या बनेको छ। के तपाईंको डिमेन्सियाको जोखिमलाई परिमार्जन गर्न सम्भव छ? जोखिमको पर्याप्त अनुपात उन्नत बुढ्यौली र आनुवंशिक जोखिम कारकहरूसँग सम्बन्धित छ, तर पछिल्लो अनुसन्धानले संकेत गरेको छ कि तपाईंले परिमार्जन गर्न सक्ने कारकहरू पनि छन् जसले तपाईंलाइ डिमेन्सिया हुने जोखिमतालाइ घटाउन सक्छ। डिमेन्सिया को रोकथाम मूकले विश्वभरका विभिन्न विशेषज्ञताहरूको दायरालाई चित्रण गर्दै डिमेन्सिया रोकथामको बारेमा उपलब्ध भएका सबै भन्दा उच्च गुणस्तरका प्रमाणहरूको खोजी गर्दछ।
"डिमेन्सिया रोकथाम मूक पाठ्यक्रम" सबैका लागि उपयुक्त छ। चाहे तपाईं मस्तिष्क स्वास्थ्य र/वा डिमेन्सिया जोखिम न्यूनीकरणमा रुचि राख्ने व्यक्ति हुनुहुन्छ, वा सम्बन्धित स्वास्थ्य व्यवसायी, चिकित्सक, वृद्ध हेरचाह सेवा प्रदायक वा स्वास्थ्य नीति पेशेवर व्यक्ति हुनुहुन्छ - यो पाठ्यक्रम विभिन्न पृष्ठभूमिका मानिसहरूलाई पहुँचयोग्य र उपयोगी होस् भनि निर्माण गरिएको हो।
यो पाठ्यक्रम ४ हप्ता लामो छ र तपाईंले सामग्रीसँग संलग्न हुन र पाठ्यक्रम गतिविधिहरू पूरा गर्न प्रति हप्ता लगभग २ घण्टा खर्च गर्ने अपेक्षा गर्नुपर्दछ। ३१ मार्च २०२४ मा पूर्वी अस्ट्रेलियाई समय साँझ ५:०० बजे यो पाठ्यक्रम बन्द हुने छ, तेसैले हजुरले यो पाठ्यक्रम बन्द नभएसम्म दिनको कुनै पनि समयमा आफ्नै गतिमा यो सामग्री पूर्ण गर्न सक्नुहुनेछ।
तपाईंले पाठ्यक्रम पूरा गरेपछि पूर्णताको नि: शुल्क, व्यक्तिगतकृत प्रमाणपत्र डाउनलोड गर्न योग्य हुनुहुनेछ। हामी निःशुल्क प्रमाणपत्रको अतिरिक्त सशुल्क परिष्कृत प्रमाणपत्र विकल्पहरू पनि प्रस्ताव गर्दछौ।